+
+
Shares

भ्रमण वर्ष : २ बजेपछि काठमाडौंमा र्‍याली र सवारी, आवागमन प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते ९:००

१६ पुस, काठमाडौं । भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले रंगशालाकाे भ्रमण वर्ष उद्घाटन कार्यक्रमपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने अनलाइनखबरलाई बताए ।

श्रेष्ठका अनुसार, २ बजेपछि ठमेललगायत क्षेत्रबाट र्‍याली निस्किँदै छ । जसका कारण थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीदगेट, जमल, केशरमहल क्षेत्रको सवारी आवागमन प्रभावित हुनेछ । त्यसैले वैकल्पिक रुट प्रयोग गरेर यात्रा गर्न उनले सर्वसाधारणलाई सुझाएका छन् ।

‘ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न सिफारिस गरेका छाै‌ं’, एसपी श्रेष्ठले भने, ‘हामीले सिफारिस गरेको रूट प्रयोग भएमा सवारी आवागमन कम प्रभावित हुनेछ ।’

पाहुना चढ्ने सवारीको पार्किङ रंगशाला पछाडि

उदघाटन कार्यक्रममा स्वदेशी तथा विदेशी पाहुना सहभागी हुने हुँदा पार्किङको समस्या केही कठिन हुने ठानिएको छ । यद्यपि, ट्राफिक प्रहरीले विभिन्न खाली स्थान पाहुना चढ्ने सवारीको पार्किङका लागि व्यवस्था गरिएको जनाएको छ ।

एसपी श्रेष्ठका अनुसार, टुँडिखेलसँगै आर्मी क्लबभित्रको खाली भाग, विश्वनिकेतन स्कुल, रंगशालाको पछिल्लो भागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । विदेशी पाहुना चढ्ने गाडी रंगशालाको पछाडितर्फको भागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

२० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम छ उदघाटन कार्यक्रममा आमन्त्रण गरिएका विभिन्न देशका मन्त्रीलगायतका पाहुना सोमबारै काठमाडौं आइसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?