Comments Add Comment

छक्का पन्जा ४’देखि ‘ए मेरो हजुर ४’सम्म, आउँदो बर्ष पनि सिरिज नै सिरिज

यो बर्ष हिट भएका चलचित्रहरु सिरिज नै बढी छन् । यो बर्ष बक्स अफिसमा चम्किएका ‘जात्रै जात्रा, कबड्डी कबड्डी कबड्डी’ सिरिज हुन् । ‘छ माया छपक्कै’ ‘छक्का पन्जा’को ३ सिरिज निर्माण गरेको टिमले बनाएका कारणले पनि दर्शकले पत्याए ।

रोचक कुरा के छ भने, रिलिज हुने तयारीमा रहेका आशातित चलचित्र पनि सिरिज नै छन् । ‘म यस्तो गीत गाउँछु २, चपली हाइट ३, प्रेमगीत ३’ पनि सिरिज नै हुन् ।

यसैले, यो बर्ष सिरिजको वर्चस्व रहने पक्का जस्तै छ । तर, नेपाली चलचित्रलाई दर्शकले पत्याउन छाडेको अवस्थामा नयाँ नाममा बनेका चलचित्र चल्नै छाडेका छन् । यसैले पनि होला, निर्माताहरु आफ्नो हिट सिरिजमै चलचित्र निर्माण गर्न कस्सिएका छन् । आउँदो बर्ष पनि सिरिजकै वर्चस्व रहने देखिन्छ ।

आउँदो बर्षका लागि निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’को घोषणा गरिसकेका छन् । यो हिट चलचित्र ‘ए मेरो हजुर’को चौथो सिरिज हो । यो नाममा बनेका चलचित्रलाई दर्शकले रुचाएका छन् । चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहनेछन् ।

चलचित्र ‘छक्का पन्जा ४’को पनि घोषणा भैसकेको छ । आउँदो बर्षको दशैंलाई रिलिज मिति तय गर्दै दिपकराज गिरी र उनको टिमले हिट चलचित्रको चौथो सिरिज घोषणा गरिसकेको छ ।

५ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘परदेशी’को दोश्रो सिरिज बन्ने पक्का भएको छ । चलचित्रमा प्रकाश सपुत मुख्य नायकको रुपमा छन् । उनका भाई बब्लुले पनि चलचित्रमा काम गर्दैछन् । यो चलचित्रलाई पनि आउँदो बर्षको दशैंको सेरोफेरोमा रिलिज गर्ने तयारी निर्देशक नारायण रायमाझीको छ ।

निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाई नभन्नु ल ६’ बनाउने तयारी गरेको वुझिएको छ । यस्तै, निर्माता सुनिल रावलले ‘होस्टेल ब्याक अगेन’को नाममा चलचित्र बनाउँदैछन् ।

यो बर्ष रिलिज भएका चलचित्र हेर्दा नयाँ नाममा बनेका चलचित्रलाई दर्शकले खासै पत्याएनन् । हिट चलचित्रका सिरिजलाई भने दर्शकको राम्रै साथ मिलेको छ । यसैले पनि, निर्माताले नाम सापटी लिएरै लगानीको जोखिम मोल्न खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment