Comments Add Comment

विवाहको अर्थ आफू स्वयंलाई गुमाउनु होइन

हालसालै लान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित एउटा ग्लोबल सर्वेक्षण अनुसार सन् २०१६ मा संसारभरीका आत्महत्या गर्नेहरुमा बढी संख्या महिलाहरुको रहेको पाइन्छ ।

सानो उमेरमा विवाह र विवाहपछि जन्मिने सन्तान, घरेलु हिंसा, समाजमा दोस्रो दर्जा, करियरसँगै पारिवारिक जिम्मेवारीहरुको बोझ, कलह, वित्तीय व्यवस्थापन जस्ता कारणहरुले उनीहरु डिप्रेशनको शिकार बन्न पुग्छन् । उनीहरु आफ्नो पक्षमा केही बोल्न खोजे भने उनीहरुलाई चुप लगाइन्छ । उनीहरुको अपेक्षाहरुलाई बेवास्ता गरिन्छ ।

वास्तवमा, प्रायः महिलाहरु आफू स्वयंसँगको अपेक्षा र अरुको उनीहरुबाट गरिने अपेक्षाहरुबीच उत्पन्न हुने विरोधाभाससँग प्रायः महिलाहरु जुध्ने गर्छन् ।

२८ वषर्ीया प्रज्ञा भन्छिन्-‘विवाह अगाडि मेरा प्रेमी भिन्दै थिए । हामी दुबैबीच अति नै समझदारी थियो । तर, विवाहपछि उनी धेरै परिर्वतन भए । उनी मलाई उसको आमाबुबाको हिसाबले चल्नुपर्छ भन्छन् । मलाई मेरो अस्तित्व नै छैन जस्तो लाग्छ ।’

विवाहपछि महिलाहरुबाट आधुनिकबाट पारम्परिक तौर-तरिकाहरुमा परिर्वतन हुने अपेक्षा राखिन्छ । तर, उनीहरुलाई यो दोहोर भूमिकाका लागि तयार हुनका लागि समय पनि दिइँदैन ।

धेरै महिलाहरु विवाहपछि काम गर्न चाहन्छन् । तर, उनीहरुले काम नगरुन् भन्ने अपेक्षा गरिन्छ । कहिलेकाहीँ काम गर्ने महिलाहरुबाट घर पनि सम्हाल्नुको साथै उनीहरुको कमाई पनि घरमा दिने अपेक्षा पनि गरिन्छ ।

यसबाहेक सानो परिवारहरुमा घरेलु जिम्मेवारी बाँड्नु पनि एउटा विवादको विषय हुन्छ । वित्तीय निर्णयका साथै सामान्य निर्णय लिन पनि पुरुषको एकाधिकार मानिन्छ र महिलाहरुलाई यस्ता कुराहरुबाट टाढा रहने दबाब दिइन्छ ।

परिवार सुरु गर्नका लागि प्रायः महिलाहरुले आफ्नो करियर त्याग्नुपर्छ र जिन्दगीभर एउटा गृहिणी नै भएर बाँच्नुपर्छ । अहिलेको समयमा महिलाहरु केवल आर्थिक कारणले मात्र काम गर्दैनन् । उनीहरु कामको माध्यमले आत्मर्निभर पनि हुन चाहन्छन् । जसले उनीहरु भित्र आत्मविश्वास पनि बढाउँछ ।

वैवाहिक संघर्षको सबैभन्दा ठूलो कुरा भनेको नै महिलाहरु आफ्नो राय व्यक्त गर्ने र निर्णय लिने स्वतन्त्रता चाहन्छन् । तर, विवाहपछि उनीहरुले यही कुराहरु नै पाउँदैनन् ।

महिलाहरुलाई विवाह अगाडि केही महत्वपूर्ण कुराकानी गर्ने सल्लाह दिइन्छ । परम्पराहरु सीमामा महिलाहरु आफ्नो आकांक्षा र सपनाहरु आफ्नो भावी जीवन साथीसँग सेयर गर्न सक्छन् । यसो गर्नुको अर्थ आफ्नो माग अरु सामुन्ने राख्नु भन्ने होइन बरु स्वयंको पहिचानलाई अरुको अगाडि कायम राख्नु भन्ने हुन्छ । महिलाहरुले विवाह अगाडि आफ्नो करियर, आकांक्षा र आफ्नो विवाह पछि यी कुराहरुलाइ कसरी सन्तुलित गर्ने भन्ने बारेमा चर्चा गर्ने कोसिस गर्नुपर्छ ।

तपाईंंले समानताको त्यो समयमा मात्र व्यक्त गर्न सक्नुहुन्छ । जब तपाईंं स्वयं समानता महसुस गर्नु हुन्छ । आफूलाई निवेश, बचत, बीमा जस्ता वित्तीय कुराहरुमा शिक्षित बनाउनुपर्छ । वैवाहिक जीवनमा प्रायः झगडाहरु आर्थिक विषयमा हुन्छ । त्यसैले यो बिषयमा स्पष्ट र सन्तुलित हुनुपर्छ । आफ्नो तलबको सबै पैसा घरपरिवारलाई सुम्पिनु हुँदैन । केही पैसा आफ्नो लागि पनि बचाएर राख्नुपर्छ । जसले भविष्यमा तपाईंलाई काम लाग्छ ।

आफ्नो करियरको योजना बनाउनुपर्छ । प्रायः विवाहपछि महिलामा परिवार सुरु गर्ने र आमा बन्ने अप्रत्यक्ष दवाब दिन सुरु हुन्छ । तपाईंंको अफिसमा राम्रो हुँदैछ, प्रमोशन हुन लागेको छ भने पनि श्रीमान् र परिवारका सदस्यहरु बच्चाका लागि दबाव दिइरहन्छन् । तर, यसको अर्थ तपाईंले आफ्नो करियरलाई नै बिर्सनु भन्ने होइन ।

आफ्नो परिवार पूरा गर्नका लागि तपाईंंलाई ब्रेकको आवश्यकता हुन्छ । त्यसैले आफ्नो करियरलाई ब्रेक र पछि फेरि र्फकने मिल्ने योजना बनाउनुपर्छ । आफ्ना लागि त्यस्तो दिनचर्या स्थापित गर्नुपर्छ । जहाँ तपाईंं आफ्नो लागि पनि समय निकाल्न सक्नुहोस् । व्यायाम गर्ने, नयाँ कौशललाई विकासित गर्ने र आफ्नो व्यवहारलाई पूरा गर्ने ।

नयाँ जिम्मेवारी लिनुको अर्थ तपाइर्ंले आफ्नो उपेक्षा गर्नु भन्ने होइन । त्यस्तै, आफूले आफूलाई दोषी महसुस गर्न पनि आवश्यक छैन । तपाइर्ं खुशी हुनुभयो भने मात्र आफ्नो परिवारलाई खुशी राख्न सक्नुहुन्छ ।

प्रेम अथवा विवाहको अर्थ स्वयंलाई गुमाउनु अर्थात् आत्म सम्मान र आफ्नो गरिमा बिर्सनु भन्ने होइन । वैवाहिक जीवनमा बाँधिएपछि विनम्र हुनुपर्छ । अरुको सम्मान पनि गर्नुपर्छ तर आफ्नो कुरामा सधंै दृढ रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment