Comments Add Comment

जेससको २ गोलमा म्यानचेष्टर सिटी विजयी, युनाइटेड आर्सनलसँग पराजित

प्रिमियर लिगमा गएराति दुई म्यानचेष्टर क्लबले फरक नतिजा पाएका छन् । साविक विजेता म्यानचेष्टर सिटीले ३ अंक जोड्दा युनाइटेड भने लण्डन क्लब आर्सनलसंग पराजित भयो ।

गाब्रिएल जेससले दुई गोल गरेपछि सिटीले एभरटनलाई २–१ ले हरायो । सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा दुवै टिमले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफको सुरुमै सिटीले दुई गोल गरेका थियो । जेससले ५१ औं मिनेटमा एकाए गुन्डागोनको पासमा पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको ७ मिनेटपछि जेसजले नै रियाद महारेजको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

२ गोलले पछि परेको एभरटनका लागि रिचार्लिसनले ७१ औं मिनेटमा १ गोल फर्काए तर त्यसपछि गोल गर्न नसक्दा एभरटन पराजित भयो ।

जितपछि २१ खेलबाट ४४ अंक जोडेको सिटीले दोस्रो स्थानको लेस्टरसंग अंक दूरी १ मा झारेको छ तर लिग लिडर लिभरपुलभन्दा अझै ११ अंकले पछि छ । लिभरपुलले १९ खेलबाटै ५५ अंक जोडिसकेको छ । २१ खेलबाट २५ अंङ्क रहेको एभरटन ११औ स्थानमा छ ।

उता, आर्सनलले युनाइटेडलाई २–० ले हराएको छ । एमिरेट्स स्टेडियममा निकोलस पेपेले आठौं मिनेटमै आर्सनलका लागि पहिलो गोल गरे । ४२ औं मिनेटमा सोक्रेटिसले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेन र आर्सनल २ञ्० ले विजयी भयो ।

जितपछि आर्सनल २१ खेलबाट २७ अंक जोड्दै दशौं स्थानमा उक्लेको छ । समान खेलबाट ३१ अंक जोडेको युनाइटेड पाँचौं स्थानमै छ । हारपछि युनाइटेडले अर्को लण्डन क्लब चेल्सीसँग अंक दूरी कम पार्ने मौका गुमायो । ब्राइटनसंग १–१ को बराबरी खेलेको चेल्सी ३६ अंकसहित चौथो स्थानमा छ ।

अर्को लण्डन क्लब टोटनहम हट्सपर भने साउथह्याम्पटनसँग पराजित भयो । ड्यानी इङ्सको १ गोल मद्दतमा साउथह्याम्पटनले टोटनहमलाई घरेलु मैदानमा १–० ले पराजित गरेको हो । २१ खेलबाट ३० अंक रहेको टोटनहम छेटौं स्थानमा छ । साउथ्हयाम्पटन समान खेलबाट २५ अंकसहित १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment