+
+

सरकार र उखु किसानबीच वार्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १७:०८

१८ पुस, काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको सरकारी टोली र उखु किसानबीच शुक्रबार अपरान्ह वार्ता सुरु भएको हो ।

उखु उद्योगीले गत वर्षदेखि भुक्तानी नदिएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको एक हप्तापछि सरकारले उनीहरुसँग वार्ता गरेको हो ।

उद्योग मन्त्रालयमा भएको वार्तामा उद्योग सचिव यामकुमारी खतिवडा, वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, औद्योगिक प्रवर्द्धन महाशाखाका प्रमुख सहसचिव दिनेश भट्टराई सरकारका तर्फबाट सहभागी छन् ।

उखु किसानका तर्फबाट किसान राजेश यादवसहित १५ भन्दा बढी किसान र केही कानून व्यवसायी सहभागी भएका छन् ।

उखु किसानले उखुको मूल्य भुक्तानी नपाएसम्म घर नफर्कने अडान लिएका किसानहरुले माइतीघर मण्डलामा निरन्तर धर्ना दिइरहेका छन् ।

यस वर्षको उखु बेच्ने बेलासम्म अघिल्लो वर्षको भुक्तानी  नपाएपछि किसानहरु काठमाडौंमै आन्दोलन गर्न आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?