+
+
Shares

राष्ट्रियसभा चुनावमा तालमेल गर्ने कांग्रेस र समाजवादीको सहमति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते २०:२३

१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् ।

दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँटमा सहमति समेत गरेका छन्, जसअनुसार कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवार दिइनेछ ।

सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि चुनावी तालमेल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?