+
+

प्रहरीले गोली चलाएर समात्यो भारतीय गाँजा तस्कर

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १९ गते १७:२१

१९ पुस, हेटौंडा । मकवानपुर प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईको जंगलमा प्रहरी देखेपछि भाग्दै गरेका उनीहरुलाई हवाई फायर गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी शुसिलसिंह राठौरले जानकारी दिए ।

विशेष सूचना आधारमा गएको प्रहरी टोली देखेपछि डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतिय कारमा सवार उनी भाग्न खोजेका थिए ।

प्रहरीले कार चालक भारत मोतिहारीका ३७ बर्षीय दिलिपकुमार सिंह, उज्वलकुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका-४ का २४ बर्षीय विकास सिंहलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट अन्दाजी ३२ किलो गाँजा बरामद गरिएको छ ।

यस्तै हेटौंडा-१५ बाटै लागूऔषध गाँजा तस्करमा संलग्न अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ५ का ३५ बर्षीय राजकुमार मोक्तान छन् । उनको साथबाट २१ किलो गाँजा र बा ५ ख ७२६८ नम्वरको ट्रक नियन्त्रणमा लिइएको छ ।

गस्तीमा गएको प्रहरी टोलीले हेटौंडा-१५ रातोमाटे जंगलबाट उनलाई नियन्त्रणमा लिएको एसपी राठौरले बताए । ट्रक चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?