
२० पुस, काठमाडौं । समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । उम्मेदवारी मनोनयनको दिन सो पार्टीले नाम टुंगो लगाएको हो ।
पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार, प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ । त्यस्तै प्रदेश २ मा रामप्रित पासवना र अनिरुद्रसिंह यादव तथा प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार बनेका छन् ।
समाजवादीले राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ । त्यहाँ नेकपा र राजपाबीच पनि चुनावी गठबन्धन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4