Comments Add Comment

आसाममा ब्याण्डसहित गुञ्जदै प्रमोद

शुक्रबार दिउँसो प्रमोद खरेल पुतलीसडकको एक स्टुडियोमा गीत अभ्यास गरिरहेका थिए । उनी व्याण्ड सहित अभ्यासमा थिए । उनी व्याण्डको म्युजिकसँगै पूराना तथा नयाँ गीतहरु गाउँदैछन् ।

उनको यो अभ्यास आसामको एक कार्यक्रमको लागि हो । डिसेम्बर २७ बाट सुरु भएको ‘डेइजिङ फेस्टिभल’मा प्रस्तुति दिनको लागि उनी असाम जान लागेका हुन् । प्रमोदले फेस्टिभलको अन्तिम दिन अर्थात् जनवरी ७ मा आफ्नो प्रस्तुति दिनेछन् ।

डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट नै आयोजना भएको कार्यक्रम हो । उक्त कार्यक्रममा एशियाका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने छ । यो कार्यक्रममा बलिउडबाट विशाल शेखार, नीति मोहन, मिका सिंहले प्रस्तुति दिएका छन् ।

प्रमोद नेपालबाट सहभागी हुने पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको हो । प्रमोद आइतबार व्याण्ड सहित त्यता प्रस्थान गर्दैछन् ।

बीना व्याण्ड आसामा गीत सुन्ने चलन नभएकाले प्रमोद व्याण्ड सहित जान लागेका छन् । उनी भन्छन्–‘व्याण्ड विना त आसाममा गीत नै सुन्नु हुन्न । ट्राकमा गाउने भनेको त नेपालमा मात्रै हो । अब भने म नेपालमा पनि व्याण्डलाई नै प्राथमिकता दिनेछु ।’

आसामको ठुलो फेस्टिभलमा पहिलो नेपाली कलाकारको रुपमा सहभागी हुँदै गर्दा प्रमोद उत्साहित देखिए । प्रमोद भन्छन्–‘पहिलो पटक जाँदैछु । त्यहाँ मैले नेपाललाई प्रतिनिधित्व गरिरहेको हुनेछु । मेरो हर प्रयास भनेको नेपाली संस्कृतिलाई चिनाउने नै हुनेछ ।’

प्रमोदले आफ्नो हिट गीतहरुलाई त्यहाँ प्रस्तुत गर्नेछन् । त्योसँगै पूराना लोक तथा नेपाली संकृती झल्कने गीतलाई पनि उनले प्राथमिकता दिएका छन् । उनी भन्छन्–‘मैले कुनै कुनै गीतहरुमा यहाँ र त्यहाँको संगीतलाई मिक्स गरेर गाएको छु । जसले हामीबीच झनै राम्रो सम्बन्ध स्थापित गरोस् ।’

प्रमोदले आफूसँग गीत गाउनको लागि गायिका मिना निरौला पनि जाने बताए । प्रमोदले यो फेस्टिभललाई ‘भिजिट नेपाल २०२०’को प्रचारको राम्रो थलो मानेका छन् । त्यहाँ पुगेर प्रमोदले नेपालले आयोजना गरेको ‘भिजिट नेपाल २०२०’को विषयमा बोल्नेछन् । प्रमोद भन्छन्–‘मैले उक्त स्टेजलाई सकेसम्म राम्रो सदुपयोग गर्नेछु । त्यहाँ भिजिट नेपालको बारेमा पनि जानकारी दिनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment