Comments Add Comment

शैली थिएटरमा ‘विवाहको प्रस्ताव’

शैली थिएटरमा नयाँ नाटक ‘विवाहको प्रस्ताव’को मञ्चन सुरु भएको छ । शुक्रबारबाट उक्त नाटकको मञ्चन सुरु गरिएको हो । यो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन् ।

रुसी साहित्यकार एन्टोन चेखबले लेखेको ‘दि म्यारिज पर्पोजल’लाई नेपालीकरण गरेर नाटकलाई तयार गरिएको छ । विवाह र विवाहको प्रस्तावको विषयलाई नाटकमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । यो नाटकले विवाहको लागि झुटो बोल्ने प्रचलनमाथि व्यङ्गय गरेको छ ।

नाटकमा पात्रहरुले गलत काम गरिरहेका हुन्छन् । बीचबीचमा उनीहरुको असली हर्कत देखिन्छ । त्यसैलाई नाटकमा रोचक ढंगबाट प्रस्तुत गरिएको छ । नाटकमा सशांक बोहरा, स्नेहा पौडेल, सुवास सुवेदीको अनुहार देखिन्छ भने देबेन्द्र बब्लु, भारती रिजाल, रोबिन तामाङ, बिशाल घिमिरे, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले र सन्तोष बराइली माक्स लगाएर मञ्चमा देखिन्छन् ।

शैली थिएटर र रुसी सांकृतिक केन्द्रको प्रस्तुतीमा तयार भएको यो नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment