Comments Add Comment

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा तीन दलका ९ उम्मेदवार

२० पुस, विराटनगर । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ नम्बर प्रदेशमा राष्ट्रियसभामा रिक्त भएको दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि मतदान हुँदैछ । जसका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस र संघीय समाजवादी नेपालका फरक फरक तीन/तीन जनाले उम्मेदवारी आइतबार जिल्ला निर्वाचन कार्यालय मोरङमा मनोनयन दर्ता गराएका हुन् ।

नेकपाको तर्फबाट प्रदेश १ मा दलिततर्फ गोपी अछामी,  महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र दाहालको उम्मेवारी परेको छ ।

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका सुन्दर हरैचा नगरपालिका ८ का ४५ वर्षीय आछामीको प्रस्तावकमा कानेपोखरी गाँउपालिकाका अध्यक्ष ताराबहादुर काफले र समर्थकमा प्रदेशसभा सदस्य विजय विश्वास रहेका छन् ।

त्यसैगरी महिलातर्फ सुनसरी इटहरी ४ की ७४ वर्षीया इन्दिरादेवी गौतमका प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार ओझा र समर्थकमा प्रदेश सभासद सावित्राकुमारी रेग्मी रहेकी छन् ।

अर्को खुल्लातर्फका दमक नगरपालिका ५ का ६१ वर्षीय देवेन्द्र दाहालको प्रस्तावकमा प्रदेश सभासदस्य ज्ञानेश्वर राजबंशी र समर्थकमा बेलवारी नगरपालिकाका अध्यक्ष ज्ञानेन्द्र सुबेदी रहेका छन् ।

कांग्रेसका तर्फबाट महिला तर्फका सदस्य पदका लागि धरान उपमहानगरपालिका १ की ६५ वर्षीया मिना पुलामी मगर, दलित तर्फ फिदिम नगरपालिका १ का ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुल्ला तर्फ भद्रपुर नगरपालिका ८ का ५८ वर्षीय राजेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।

महिला सदस्य मगरको समर्थकमा प्रदेश सभासद चन्द्रप्रसाद श्रेष्ठ र समर्थकमा धरान उपमहानगरपालिका मेयर तिलक राई रहेका छन् ।

दलित तर्फका विश्वकर्माको समर्थकमा प्रदेश सभासदस्य सूर्यामाराज राई र समर्थकमा प्रदेश सभासस्य शिवनारायण गनगाई रहेका छन् ।

खुल्ला तर्फका घिमिरेको समर्थकमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र समर्थकमा सोही महानगरपालिका उपमेयर इन्दीरा कार्की रहेकी छन् ।

संघीय समाज पार्टीले राष्ट्रिय सभामा रिक्त भएको दलित १ तर्फको सदस्य पदका लागि बुढीगंगा गाँउपालिका ३ का ४८ वर्षीय ज्ञानकुमार परिवार, त्यसैगरी महिला तर्फ विराटनगर महानगरपालिका १६ की ३९ वर्षीया सदिना खातुन र खुल्ला तर्फ विराटनगरमहानगरपालिका ४ का ५९ वर्षीय भरतराज दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

दलित उम्मेदवार परिवारको प्रस्तावकमा रामचन्द्र लिम्बु र समर्थकमा कैलासप्रसाद मण्डल गनगाईं रहेका छन् ।

त्यसैगरी महिला तर्फको उम्मेदवार खातुनको प्रस्तावकमा प्रदेश सभासदस्य जयराम यादव र समर्थकमा महेन्द्र यादव रहेका छन् । खुल्ला तर्फका सदस्य पदका उम्मेदवार दाहालको प्रस्तावकमा प्रदेशसभा सदस्य राधा थापा र समर्थकमा महेन्द्र यादव रहेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि तिनै दलका उम्मेदवारहरु उम्मेदवारी दर्ता गराउन आ/आफना पार्टी कार्यालयबाट जुलुससहित विराटनगर सोमबारेहाटस्थित निर्वाचन कार्यालय पु्गेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment