Comments Add Comment

नेपाल स्टारको अडिशन बुटवलबाट सुरू

२० पुस, बुटवल । गायन प्रतियोगिता ‘नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाजिङ्गको व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिताको पहिलो अडिशन शनिबार बुटवलकोश्रीकालिका मानवज्ञान माविको प्राङ्गणमा भएको हो ।

हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित सुरु हुन गइरहेको ‘वाईवाई नेपाल स्टार’ को पहिलो अडिशनमा उलेख्य संख्यामा उपस्थिति छ । बुटवल आसपासका साथै गुल्मी, अर्घाखाँची, नवलपरासी, पाल्पा,  दाङ, प्युठान लगाएतका जिल्लाबाट अडिसनका लागि आएका थिए ।

प्रतियोगिताको अडिशन अब धनगढी, सुर्खेत, पोखरा, चितवन, वर्दिवास र इटहरीमा हुनेछ । नेपाल स्टारको अडिशन अब २२ गते धनगढी, २५ गते सुर्खेत,  २९ गते पोखरामा हुने छ । त्यसैगरी माघ ३ गते चितवन,  ६ गते वर्दिवावस र ९ गते इटहरिमा अन्तिम अडिसन हुने छ ।

प्रतियोगितामा रामकृष्ण ढकाल, आलोकश्री तथा अञ्जु पन्त निर्णायकको भूमिकामा रहेका छन् । नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३५ लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ५–५ लाख प्राप्त गर्नेछन् ।

१६ देखि ४५ वर्ष उमेर समूहका जो कोहीले सहभागिता जनाउन पाउने यस प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुल्ने परिचयपत्र सहित दुई ओटा फोटो आवश्यक पर्नेछ ।

फारम अनलाइनमार्फतडाउनलोड गरेर पनि भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापकका साथै कि एडभरटाइजिङका बजार ब्यवस्थापक दिनेश पोखरेलले जानकारी गराए । देशैभरीबाट गायन प्रतिभाहरुको पहिचान गरि प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको कि एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल (शशी)ले बताए ।

करिब ६ महिनासम्म चल्ने प्रतियोगिता कुनै बिदेशी फ्रेन्चाईज नभई नितान्त नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको समेत शशीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment