+
+
Shares

रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १७:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जबरजस्ती करणी मुद्दामा फरार रहेका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् ।
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका उनलाई कतार प्रहरीको समन्वयमा बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
  • कानुनी कारबाहीको लागि उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने नेपाल प्रहरीले जनाएको छ ।

१३ साउन, काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् ।

भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट १९ चैत २०८१ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भोजपुर बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?