Comments Add Comment

पौने चार करोडको औँठी स्वीकार्ने तर बिहेको प्रस्ताव लत्याउने यी युवती

बेलायतको लण्डनमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना युवकले एउटी युवतीलाई झण्डै पौन चार करोड रुपैयाँ मूल्य पर्ने औँठी दिँदै बिहेको लागि प्रपोज गरे । करोडौँको औँठी दिएर गरिएको प्रस्ताव स्वीकार हुनेमा उनी ढुक्क थिए । तर भयो उल्टो । ती युवतीले युवकले दिएको औँठी लिइन् तर बिहेको प्रस्ताव चाहीँ अस्विकार गरिन् ।

करोडौँको औँठी पचाउने तर बिहेको प्रस्ताव अस्वीकार गर्ने ती युवतीको नाम अमन्डा क्रोनिन हो । उनी एक मोडल भएको बताइउको छ ।

अमन्डाका अनुसार उनलाई प्रपोज गर्ने युवक उत्तरी युरोपका सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक हुन् । ती युवकसँग पहिलोपटक न्युयोर्कको एक होटलमा अमन्डाको भेट भएको थियो । त्यसबेला उक्त युवकले उनीसँग परिचय गर्दै आफ्नो फोन नम्बर दिएका थिए ।

केही समयपछि अमन्डाले उक्त युवकलाई मेसेज पठाएकी थिइन् र त्यसको जवाफमा उनले निकै प्रेमपूर्ण मेसेज पठाएका थिए ।

तर ती पुरुष विवाहित रहेको थाहा पाएपछि अमन्डा टाढा हुन खोजिन् र भेट्न अस्वीकार गरिन् । तर ती युवकले अमन्डालाई पाएमा आफुले श्रीमती त्याग्ने बताउँदै अमन्डासँग बिहेको प्रस्ताव राखे ।

अमन्डा र ती युवकको केही समयपश्चात् फेरि भेट भयो । त्यस भेटमा ती युवकले झण्डै पौने चार करोड रुपैयाँ बराबरको मूल्य पर्ने बहुमुल्य औँठी सहित अमान्डालाई बिहेको प्रस्ताव राखे । अमान्डाले युवकले दिएको औँठी औँलामा लगाइन् तर पछि बिहेको प्रस्ताव आफुले स्वीकार गर्न नसक्ने जवाफ दिइन् ।

सायद यस्तो जवाफ सुन्दा ती युवकलाई ठूलो झट्का लाग्यो होला । अमन्डा आफूले लिएको त्यो औँठी ती युवकलाई फिर्ता गर्न चाहन्थिन् । तर युवक स्वयंले ‘मेरो खुसीका लागि यो औँठी तिमीले लगाउ’ भनेपछि आफुले त्यो औँठी लगाउन बाध्य भएको उनको दाबी छ ।

समाचार अनुसार अमन्डा अहिले क्यानडाका एक व्यक्तिसँग प्रेम सम्बन्धमा छिन् ।

तर आफुलाई पौने चार करोडको औँठी दिने त्यो पुरुषका नाम चाहीँ उनले कहिल्यै खुलाएकी छैनिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment