Comments Add Comment

विद्या भन्छिन्–‘राजनीतिको बिषयमा बोलेर मलाई टाउको दुखाउनु छैन’

भारतमा विभिन्न समयमा हुने राजनीतिक घटनाक्रमका बिषयमा नाम चलेका बलिउडकर्मीले बोलेको पाइदैन । थोरै मात्र कलाकारले राजनीतिक घटनाक्रमका बिषयमा आफ्नो विचार व्यक्त गर्ने गरेको पाइन्छ ।
बलिउड कलाकारले राजनीतिक घटनाक्रमको बिषयमा नबोल्नुको कारण के त ?

यो बिषयमा नायिका विद्या बालनले आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले आफूलाई बढी चासो हुने विषयमा मात्र बोल्नु राम्रो भएको उत्तर दिएकी छिन् । विद्याले भनिन्–‘किन कलाकारहरुबाट हरेक कुरामा प्रतिक्रिया आओस् भन्ने आशा गरिन्छ, मलाई थाहा छैन । यदि आफ्नो रुचिको विषयमा हो भने म आफ्ना धारणाहरु राख्नु सक्छु । तर, म राजनीतिक विषयमा बोल्न नै चाहान्न । यो बिषयमा मलाई बोल्नु नै छैन ।’

बोलेर विवादित बन्नु भन्दा नबोल्नु नै वेश भएको उनको बुझाई छ । उनले अगाडि भनिन्–‘यस्तो विषयमा बोलेर टाउको दुखाउनु भन्दा त नबोलेको नै ठिक हो । किनभने मैले त्यसमा बोले भने कसैको पक्ष र कसैको विपक्ष हुन सक्छ । त्यसैले मलाई कसैको विपक्ष हुनु छैन ।’

यदि राजनीतिको विषयमा बोल्ने हो भने धेरै कुराको ज्ञान राखेर मात्र बोल्नुपर्ने उनले बताएकी छिन् । उनी थप्छिन्–‘यदि बोलेको कुरामा बहश गर्नु पर्यो भने आफू कमजोर नहुने गरि बोल्नुपर्छ । नत्र आफूले बोलेको कुरामा बहस गर्न सकिएन भने बोल्नु व्यर्थ हुन्छ । यसलाई ठुलो रुपमा बुझेर मात्र बोले राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment