+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘विराज दाइको फोन आउँदा आफूलाई अमिताभ बच्चन जस्तो महशुश गरेँ’: कामेश्वर चौरासिया

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते १६:५४

कलाकार कामेश्वर चौरासियाको अभिनय दमदार छ । तर, उनी चलचित्र क्षेत्रमा व्यस्त छैनन् । धेरैले उनी घमण्डी भएका कारण पनि उनीसँग काम गर्न मान्दैनन् भन्ने चर्चा सुन्ने गरिन्छ । उनै, कामेश्वर नायक विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’मा देखिदैछन् । यो चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।

कलाकार चौरासियाले भने–‘जतिबेला विराज भट्टको फोन आयो, म काम पाइएन भन्दै गाउँ फर्कदै थिएँ । अमिताभ बच्चन पनि चलचित्रमा काम नपाएर घर फर्किदै गर्दा एक जना निर्देशकले उनलाई फोन गरेका थिएँ भन्ने सुनेको थिएँ । विराज दाइको फोन आउँदा मैले आफूलाई अमिताभ नै महशुश गरेँ ।’

काठमाण्डौमा केही भएन भनेर फर्कदै गर्दा विराज भट्टले कामेश्वरलाई फोन गरेका थिए । विराजले पनि कामेश्वरलाई ‘तिम्रो समस्या के हो, कोही काम नै गर्न चाहदैनन्’ भनेर सोधेका थिए । जसमा कामेश्वरले ‘नचिनेर होला’ भन्ने जवाफ फर्काएका थिए ।

उनले, आफू कसैसँग पनि त्यती घुलमिल नहुने भएकाले पनि यस्तो चर्चा चलेको हुनसक्ने बताए । कामेश्वरलाई भोजपुरी चलचित्रमा पनि काम गर्ने रहर छ ।

उनले भने–‘विराज भट्ट जस्तो मानिस त भोजपुरी चलचित्रमा जान सक्नुहुन्छ भने म त भोजपुरीकै मान्छे, किन जान सक्दिनँ भन्ने सोच आयो । विराज दाइले मलाई यतीसम्म सोच्ने बनाइदिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?