Comments Add Comment

‘विराज दाइको फोन आउँदा आफूलाई अमिताभ बच्चन जस्तो महशुश गरेँ’: कामेश्वर चौरासिया

कलाकार कामेश्वर चौरासियाको अभिनय दमदार छ । तर, उनी चलचित्र क्षेत्रमा व्यस्त छैनन् । धेरैले उनी घमण्डी भएका कारण पनि उनीसँग काम गर्न मान्दैनन् भन्ने चर्चा सुन्ने गरिन्छ । उनै, कामेश्वर नायक विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘साङ्लो’मा देखिदैछन् । यो चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।

कलाकार चौरासियाले भने–‘जतिबेला विराज भट्टको फोन आयो, म काम पाइएन भन्दै गाउँ फर्कदै थिएँ । अमिताभ बच्चन पनि चलचित्रमा काम नपाएर घर फर्किदै गर्दा एक जना निर्देशकले उनलाई फोन गरेका थिएँ भन्ने सुनेको थिएँ । विराज दाइको फोन आउँदा मैले आफूलाई अमिताभ नै महशुश गरेँ ।’

काठमाण्डौमा केही भएन भनेर फर्कदै गर्दा विराज भट्टले कामेश्वरलाई फोन गरेका थिए । विराजले पनि कामेश्वरलाई ‘तिम्रो समस्या के हो, कोही काम नै गर्न चाहदैनन्’ भनेर सोधेका थिए । जसमा कामेश्वरले ‘नचिनेर होला’ भन्ने जवाफ फर्काएका थिए ।

उनले, आफू कसैसँग पनि त्यती घुलमिल नहुने भएकाले पनि यस्तो चर्चा चलेको हुनसक्ने बताए । कामेश्वरलाई भोजपुरी चलचित्रमा पनि काम गर्ने रहर छ ।

उनले भने–‘विराज भट्ट जस्तो मानिस त भोजपुरी चलचित्रमा जान सक्नुहुन्छ भने म त भोजपुरीकै मान्छे, किन जान सक्दिनँ भन्ने सोच आयो । विराज दाइले मलाई यतीसम्म सोच्ने बनाइदिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment