+
+
Shares

१० हजार घुससहित सहायक वनअधिकृत पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते १८:३३

२१ पुस, काठमाडौं । बर्दियाबाट १० हजार रुपैयाँ घुससहित सहायक वनअधिकृत आनन्द प्रसाद साह पक्राउ परेका छन् ।

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग उक्त रकम घुसलिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत साह पक्राउ परेका हुन् ।

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सोमबार साहलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको पाण्डेले बताए ।

इन्जिनियर पनि पक्राउ

अख्तियारले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेतलाई पनि पक्राउ गरेको छ ।

झापा जिल्लामा सडक ग्राबेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस लिएको भन्दै आयोगले बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

भुक्तानीको बिल बनाइदिए वापतको घुस रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको भन्ने उजुरीको आधारमा बस्नेतलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?