Comments Add Comment

मनाङ र मच्छिन्द्रले देखाए सुन्दर खेलको खराब रुप

२१ पुस, काठमाडौं । फुटबललाई ‘ब्युटिफुल गेम अर्था सुन्दर खेल भनिन्छ । तर त्यही सुन्दर खेल खराब भयो भने के हुन्छ ? परिणाम पक्कै राम्रो हुँदैन ।

यस्तै भयो शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबीचको खेलमा । खेल २-२ को बराबरीमा सकियो । दुवैले समान १ अंक पाए । तर खेलपछि जे भयो, त्यो पक्कै राम्रो थिएन ।

मैदानमै खेलाडीबीच हात हालाहाल, अनि रातो कार्डसम्म ।

यसले ब्युटिफुल गेमलाई पक्कै न्याय गरेन ।

००००

मनाङ र मछिन्द्र दुवै टोली उपाधिको दाबेदार । दुवै चार खेलसम्म अपराजित तीन जित, एक बराबरी । खेलअघि मनाङ १० अंकसहित शीर्ष स्थानमा थियो भने मछिन्द्रको ९ अंक थियो । गत वर्ष पुछारबाट दोस्रो भएकोले यस सिजन १० अंक नै जोडे पनि मछिन्द्रले १ अंक ऋण तिरेको थियो ।

त्यसैले सोमबार मनाङलाई हराउन सके मात्र मछिन्द्रले शीर्ष स्थानमा पुग्ने थियो । बराबरीपछि ५ खेलबाट ११ अंकसहित मनाङ शीर्षमै रहँदा समान खेलबाट १० अंक जोडेको मछिन्द्र दोस्रोमै छ ।

यो पनि पढ्नुहोस खेल सकिएपछि मनाङ र मच्छिन्द्रका खेलाडीको धक्कामुक्की

यस खेलले उपाधि होडमा असर गर्ने त थियो नै, प्रतिष्ठाको लडाईं पनि थियो । लिग शुरु हुनु केही समय अघि त हो गत सिजन लिग जितेको कप्तान विराज महर्जनसहित पाँच अनि समग्रमा ७ खेलाडी यसै सिजन मनाङ छाडेर मछिन्द्र पुगेका थीए ।

मनाङ र थ्रीस्टारबाट खेलाडी ल्याएर नै मछिन्द्रले टिम बनाएको थियो र लिगको उपाधि जित्ने उसको लक्ष्य थियो ।

त्यही मनाङ र मछिन्द्रको खेल हुँदा प्रतिष्ठाको भिडन्त हुने नै भयो । साविक विजेता मनाङ महत्वपूर्ण खेलाडी लैजान टिमविरुद्ध उत्कृष्ट नतिजा निकाल्न चाहन्थ्यो । मछिन्द्र भने उसैको खेलाडी ल्याएर मनाङलाई हराउन चाहन्थ्यो, उपाधि होडमा अगाडि पर्न चाहन्थ्यो ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पनि जितका लागि खेलेको तर शुरुमै गोल खाएपछि सम्हालिन गाह्रो भएको स्वीकारे । ‘हामीले शुरुमै गोल खायौं, मनाङजस्तो टिमसँग एक गोलले पछि परेपछि गाह्रो हुन्छ’ खेलपछि कटुवालले भने, ‘दोस्रो हाफमा हामीले गोल पनि ग‍र्‍यौं । गोल पनि खायौं । ३ अंक लिने लक्ष्य थियो, तीन अंङ्क मात्र पाउदा दुःखी छु ।’

खेलको दोस्रो मिनेटमै मनाङले फेमी जोसुअको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा मनाङकै पूर्व खेलाडीद्वय सुजल श्रेष्ठ र सोमिडे एडालाजाले गोल गरेपछि मछिन्द्रले २(१ को अग्रता बनायो । तर निर्धारित ९० मिनेटको खेल सकिन दुई मिनेट अगाडि मनाङका वैकल्पिक खेलाडी विमल रानाले गोल गर्दै खेल बराबरी गरे । र दुवै टोलीले १(१ अंक बाँडे ।

००००

कथा यतिमै सकिएन । खेलमा अर्को कथा पनि थियो । रेफ्रीले खेल सकिएको हुसल बजाएपछि मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दिपक राईबीच हात हालाहालको अवस्था भयो । त्यसपछि नै हो, मैदानमा तनावपूर्णस्थित उत्पन्न भएको । मैदानमा भएका मात्र होइन, दुवै टोलीका बेन्चमा रहेका खेलाडीहरु मैदान प्रवेश गरे । मनाङका बेन्चमा रहेका गोलकिपर अशोक बराल अनि मछिन्द्रका विजय धिमाल पनि मैदान प्रवेश गरे । त्यसपछि विवादले ठूलो रुप लियो । खेलाडीहरु हात हालाहालको स्थितिमा पुगे । धकेल्ने, ठेल्ने हान्ने अवस्था सिर्जना भयो । मछिन्द्रका देवेन्द्र तामाङलाई नियन्त्रण गर्न सहकर्मीहरुलाई हम्मेहम्मे रिेको थियो । मनाङका अशोक बरालले देवेन्द्रलाई धकेलेपछि उनी सम्हालिनसक्नु भए ।

अन्ततः सुरक्षार्थ खटिएका नेपाल प्रहरी समेत मैदानभित्र प्रवेश गर्नुपर्‍यो र, दुवै टिमका खेलाडीलाई मैदान बाहिर ल्यानएपछि घटना केही साम्य भयो । अन्तिममा रेफ्रीले मनाङको बेन्चमा रहेका गोलकिपर अशोक बराललाई रातो कार्ड देखाए ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले दुई खेलाडीको भनभनको विषयलाई अनुशासनहीन काम भनेका छन् । मैदानमा खेलाडीले अनावश्यक आक्रमकता देखाएको तर हुनुपर्ने प्राविधिक एग्रेसन भने नभएको बताए ।

००००

जगजित श्रेष्ठ अष्ट्रेलियादेखि लिग खेल्न भनेर नेपाल आएका हुन् । उनी पूर्वक्लब मनाङमा आवद्ध भए । राम्रो प्रदर्शन गर्दै मनाङको जितमा सहयोग पनि गरेका थिए । ब्रिगेड ब्वाइज क्लबविरुद्ध उनकै निर्णायक गोलमा मनाङ विजयी भएको थियो । त्यसअघि उनले गोलका लागि असिस्ट पनि गरेका थिए । तर सोमबार मछिन्द्रविरुद्ध खेल्दा भने जगजित खराब कारणले चर्चित बने ।

उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

पहिलो रोजाईँमा नपरेका कारण असन्तुष्ट उनी खेलअघि वार्मअपमा पनि सामेल भएनन् ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा जगजित सम्मिलित घटनाबारे सोधिएको प्रश्नमा मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले आफूलाई खासै जानकारी नभएको भनेर पन्छिन खोजे । उनले जगजित फिट नभएकाले शुरुमा नराखेको बताए ।

तर दोस्रो हाफमा भने मैदान पठाए । किन त ? ‘खेलाडीले जस्तो सुकै अवस्थामा पनि खेल्नुपर्छ’ प्रशिक्षक प्रजापतिले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment