+

खेल सकिएपछि मनाङ र मच्छिन्द्रका खेलाडीको धक्कामुक्की

२०७६ पुष  २१ गते १९:५५ २०७६ पुष २१ गते १९:५५
खेल सकिएपछि मनाङ र मच्छिन्द्रका खेलाडीको धक्कामुक्की

२१ पुस, काठमाडौं । एकातिर कप्तानसहित सात खेलाडी लैजानु, अर्कोतिर उपाधि होडमा कडा प्रतिस्पर्धा ।

शहीद स्मारक ए भिडिजन लिग फुटबलमा सोमबार मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लब आमनेसामने हुँदा उपाधिसँगै प्रतिष्ठाको पनि लडाइँ थियो । दशरथ रंगशालामा भएको खेल प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफको दोस्रो मिनेटमै मनाङले जसरी अप्रत्यासित रुपमा अग्रता लियो, मच्छिन्द्रले पनि दोस्रो हाफको पहिलो मिनेटमा नै बराबरी गोल फर्कायो ।

खेलको ८१ औं मिनेटमा मच्छिन्द्रले २(१ को अग्रता बनायो तर निर्धारित समय सकिनै लाग्दा जोगाउन सकेन । रेफ्रीले खेल सकिएको जनाउ दिने सिठ्ठी फुके खेल २-२ गोलको को बराबरीमा सकियो । तर दुई टिमको लडाइँ सकिएको रहेनछ । त्यसैले दुबै टिमका खेलाडी आपसमा झगडा गर्न थाले ।

मछिन्द्रका देवेन्द्र तामाङलाई सम्हाल्न खेलाडी तथा अफिसियललाई हम्मेहम्मे परेको थियो । त्यसक्रममा मनाङका अशोक बरालले रातो कार्ड समेत पाएका छन् ।

लेखक
चन्द्र आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय