Comments Add Comment

इब्राहिमोभिच बने चार फरक दशकमा फुटबल खेल्ने खेलाडी

काठमाडौं । स्विडिस फरवार्ड ज्लाटना इब्राहिभची चार फरक दशकसम्म फुटबल खेल्ने खेलाडी बनेका छन् । तीन दिनअघि इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका इबराहिमोभचले सोमबार साम्पडोरियासँग खेल्दै यस दशकको पहिलो खेल खेले । उनी किस्तोफ पिएटेकको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

मिलानको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकियो । मिलान पुरानागमनमा इब्राहिमोभिचले बराबरीमै चित्त बुझाए ।

सन् ९० को दशकमा घरेलु क्लब माल्मोबाट फुटबल करियर सुरु गरेका उनले निरन्तर खेल्दै आएका छन् । यसबीचमा उनले सात देशमा लिग खेले । गत नोभेम्बरमा अमेरिकम मेजर सकर लिग क्लब एलए ग्यालेक्सी छाडेयता उनी फ्री थिए । यस सिजनको बाँकी समयका लागि उनी मिलान पुगेका हुन् ।

इब्राहिमोभिचले सन् १९९९ देखि २००१ सम्म स्वीडेनको माल्मोबाट खेलेका थिए । त्यसपछि नेदरल्याण्ड्सको अयाक्समा २००४ सम्म खेलेका उनले २००९ सम्म इटलीको युभेन्ट्स र इन्टर मिलानबाट खेले । २००९ देखि २०११ सम्म स्पेनको बार्सिलोनासँग खेले । बीचमा इटलीको एसी मिलान लोनमा गएका उनले २०११ मा मिलानमै अनुबन्ध भए । २०१२ सम्म मिलानमा खेलेका उनले त्यसपछि फ्रेन्च क्लब पिएसजी इंग्लपिस क्लब म्यानचेष्टर युनाइटेड र अमेरिकन क्लब एलए ग्यालेक्सीबाट खेले ।

यसअघि पनि चार फरक दशकमा फुटबल खेल्ने खेलाडीहरु थिए ।

इंग्ल्याण्डका सर स्टानले म्याथ्युजले सन् १९३२ देखि १९६५ सम्म खेलेका थिए। १७ वर्षको उमेरमा खेल्न थालेका उनले ५० वर्ष हुँदासम्म खेले । ३३ वर्ष व्यावसायिक फुटबल खेल्दा उनले स्टोक सिटी र ब्ल्याकपुलका लागि कुल ६९७ खेल खेले ।

यस्तै इंग्लिस गोलकिपर पिटर सिल्टनले १९६६ देखि १९९७ सम्म खेले ।

यसबाहेक स्टेभ ओग्रिजोभिक १९७७ देखि २००० सम्म खेले । जोन लिसकले १९७८ देखि २००१ सम्म खेले । टोनी फोर्डले १९७५ देखि २००१ सम्म खेले । यसैगरी ब्राजिलियन जाल्मा सान्तोसले १९४८ देखि १९७० सम्म खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment