+
+
Shares

हिमालयन शेर्पाका विश्वास श्रेष्ठले लिगका बाँकी खेल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते २०:२२

२२ पुस, काठमाडौं । हिमालयन शेर्पा क्लबका फरवार्ड विश्वास श्रेष्ठले शहीद स्मारक ए डिभिजन लिगका बाँकी खेल गुमाउने भएका छन् । लिग अन्तर्गत तेस्रो चरणको खेलमा त्रिभुवन आर्मीविरुद्धको खेलका क्रममा चोट लागेपछि उनले त्यसपछि खेलेका छैनन् ।

उनको घुँडाको अप्रेसन गरिएको र लिगमा अब बाँकी खेल खेल्न नसक्ने प्रशिक्षक सञ्जीव बुढाथोकीले जानकारी दिए ।

लिगमा मंगलबार फ्रेण्ड्ससंग गोलरहित बराबरीमा रोकिएपछि बुढाथोकीले विश्वास श्रेष्ठ नहुँदा स्कोरिङमा समस्या परेको बताए ।

‘हामीले विश्वासलाई ध्यानमा राखेर टिम बनाएका थियौं तर उसको चोटले हनमीलाई समस्या भयो ।’ फ्रेण्ड्ससंगको खेलपछि बुढाथोकीले भने ।

यस सिजन पाँच खेल खेलिसकेको हिमालयन शेर्पाको यो तेस्रो बराबरी हो । शेर्पा अझै जीतविहीन छ र ५ खेलबाट ३ अंक जोड्दै अंकतालिकामा १२ औं स्थानमा छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?