+
+

नेकपाद्वारा उपत्यका ब्यूरो सदस्य विन्दोस शिलवाललाई रिहा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १४:१०

२३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले उपत्यका विशेष ब्यूरो सदस्य विन्दोस शिलवाललाई तत्काल रिहा गर्न माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो इन्चार्ज मिलनले बुधबार एक प्रेस विज्ञप्ती जारी गरेर शिलवालको गिरफतारीको भत्र्सना गर्दै रिहाइको माग गरेका हुन् ।

नुवाकोट जिल्ला सदस्य समेत रहेका शिलवाललाई सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरेर झुठ्ठा मुद्दामा फसाउने खोजेको भन्दै उनले यस प्रकारको षडयन्त्रपूर्ण गतिविधि तत्काल रोक्न आग्रह गरे ।

गिरफ्तारी, झुठ्ठा मुद्दा र राष्ट्र तथा जनविरोधी गतिविधिले मुक्ति आन्दोलन नरोकिने भन्दै उनले यस्ता गतिविधि तत्काल नरोके त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्यवंम हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?