Comments Add Comment

एपीएफ र आर्मीको विजयी सुरुवात 

पुलिस र न्यू डायमण्डबीचको खेल वर्षाले रोकियो

२३ पुस, काठमाडौं । दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले तेस्रो होंगान्जी न्यू डायमन्ड कपमा विजयी सुरुवात गरेका छन्।

बुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन दुवै टोलीले जित हात पारे । तर वर्षाका कारण न्यू डायमण्ड र नेपाल पुलिसबीचको खेल भने पूरा हुन पाएन ।

समूह ए अन्तर्गत भएको पहिलो खेलमा साविक विजेता एपीएफले टप्स उच्च माविलाई सोझो सेटमा पराजित गरेको हो । एपीएफले टप्सलाई २५–११, २५–१०, २५–६ को सेटमा हरायो ।

दोस्रो खेलमा त्रिभुवन आर्मीले प्यारामाउन्ट इंग्लिस स्कुललाई पनि सोझो सेटमा हरायो । आर्मीले २५–६, २५–१८ , २५–९ को सेटमा सहज जित निकाल्यो ।

न्यू डायमन्ड र पुलिसको खेल वर्षाले स्थगित

समूह बी अन्तर्गत साविक उपविजेता होंगान्जी न्यू डायमन्ड र नेपाल पुलिसबीचको खेल वर्षाका कारण बीचैमा स्थगित गरिएको छ । न्यू डायमन्डले २–१ को अग्रता लिइरहेको समयमा चौथो सेटको मध्यतिर वर्षाले खेल प्रभावित बनेको हो ।

न्यू डायमन्डले सुरुआती २ सेटमा क्रमश: २५–१८ र २५–२२ ले जितेको थियो । तेस्रो सेटमा पुनरागमन गरेको पुलिसले २५–१५ ले सेट जित्यो । चौथो सेटमा पनि पुलिसले २०–१५ को अग्रता बनाएको अवस्थामा रेफ्री बिकास गुरुङ्गले खेल स्थगित भएको निर्णय गरे । यो खेल अर्को दिन सुरुदेखि नै हुनेछ ।

वर्षाका कारण नभएका दुई खेल न्यू डायमन्ड र पुलिसको तथा नेपाल एपीएफ र प्यारामाउन्ट बोर्डिङ्गबीचको खेल २५ गते हुने छ । पुस २६ गते हुने भनिएको फाइनल पनि अब वर्षाले अवरुद्ध नगरे २७ गते हुने भएको छ ।

७ टोली सम्मिलित प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ, उपविजेताले ३ लाख १ सय १ रुपैयाँ, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ र चौथो हुनेलाई ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपयाँ र विधागततर्फ जनही ७ हजार १ सय १ रुपयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment