Comments Add Comment

प्रदेश २ सरकारले बलिदानी दिवस वीरगञ्जमा मनाउने

२४ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले यस पटकको बलिदानी दिवस वीरगञ्जमा मनाउने भएको छ । २०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले गत वर्षदेखि बलिदानी दिवस मनाउन सुरु गरेको हो ।

माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै प्रदेश २ सरकारले वीरगञ्जमा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

प्रदेश २ सरकारको बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले बलिदानी दिवसको अवसरमा वीरगञ्जमा विशेष समारोहको आयोजना गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

समारोहमा बिभिन्न दलका शिर्षस्थ नेताहरुलाई समेत आमन्त्रणा गरी बोलाइनेछ भने मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुलाई सम्मान गरिने निर्णय गरेको उनले बताए ।
प्रदेश सरकारले गत वर्ष बलिदानी दिवस सिराहाको लहानमा मनाएको थियो ।

प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रित दलहरुले आ–आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए । बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment