Comments Add Comment

बुटवलमा माघ १७ देखि नवौं सूचना प्रविधि मेला

२४ पुस, बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा नवौं संस्करणको सूचना तथा सञ्चार प्रविधि मेला (क्यान इन्फोटेक) माघ दोस्रो साता बुटवलमा हुने भएको छ ।

महासंघले माघ १७ गतेदेखि २१ गतेसम्म बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा मेला आयोजना गर्न लागेको हो । मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय १० बढी स्टलहरु रहने क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी दिए ।

मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेली कम्युनिकेशनस्, बैंक, आईसीटी कलेज, शैक्षिक परामर्श केन्द्र, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर/सफ्टवेयर सँग सम्बन्धित स्टलहरु रहने गौतमले बताए ।

नेपाली सूचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउने र सूचना प्रविधि क्षेत्रका ब्यवसायीहरुलाई व्यापारिक सम्भावनाहरुको पहिचानका लागि मेला सहयोगी हुने अध्यक्ष गौतमले बताए ।

मेलाले अवलोकनकर्तालाई एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ आविस्कार र उपकरणको अवलोकन र खरिद गर्न पाउने तथा सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्क र नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्‍याउने महासंघका सहसचिव एवं प्रचार संयोजक सुरेश भट्टराईले जानकारी दिए । मेलाको विशेष आकर्षणको रुपमा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प,नेपाली बैज्ञानिकहरुद्धारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी,वक्तृत्वकला प्रतियोगिता,हार्डवेयर र सफ्टवेयरमा नयाँ आविस्कारको प्रतियोगिता, सुचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता बिषयमा गोष्ठी लगायत रहने महासंघले जनाएको छ ।

सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी,जेष्ठ र अपाङ्गता भएका नागरिकलाई निशुल्क प्रवेश दिइने मेलामा अनलाइन टिकट खरिदको व्यवस्था मिलाइने महासंघले जनाएको छ ।

मेलालाई प्रभु पेले मुख्य प्रायोजन र वल्र्ड लिंक लगायतका कम्पनीहरुले प्रायोजन गर्ने सम्झौता भइसकेको प्रचार संयोजक भट्टराईले बताए । मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment