 
																			२५ पुस, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा सञ्चालन गर्नेबारेमा बिहीबार क्यानबेरामा छलफल भएको छ । दुवै देशका उच्च अधिकारी सम्मिलित वार्तामा हवाई सम्झौता कार्यान्वयनका सम्बन्धमा छलफल भएको हो ।
परराष्ट्रमन्त्री योगेश भट्टराई र अष्ट्रेलियाको भौतिक पूर्वाचार, यातायात र नागरिक उड्डयनसम्बन्धी विभागका महाप्रबन्धक जिम वल्फको टोलीबीच सकारात्मक छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
गत अक्टोबरमा दुवै देशबीच हवाई सम्झौता भएसँगै सीधा हवाई सेवाको बाटो खुलेको छ । दुई वदेशबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको र यसले चाँडै परिणाम दिने पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।
भ्रमण वर्षको प्रचारका क्रममा मन्त्री भट्टराई अष्ट्रेलिया पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4