
चलचित्र ‘आज कल’मा काम गरेसँगै नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम सम्बन्धको चर्चा सुरु भयो । लभ स्टोरी कथामा बनेको यो चलचित्रको छायांकनको क्रममा सारा र आर्यन नजिक भएका थिए । तर, केही समयदेखि आर्यन र साराविच ब्रेकअप भएको खबर पनि मिडियामा सार्वजनिक भैरहेको छ ।
प्रेम र ब्रेकअपको बिषयमा सारा र आर्यनले केही पनि बताएका छैनन् । तर, हालै एक मिडियामा दिएको अन्र्तवार्तामा आर्यनले भनेका छन्–‘जब साराले करण जोहरको शोमा मलाई उनको क्रस बताइन्, यसपछि म उनीसँग पर्दा शेयर गर्न आतुर थिएँ ।’
कार्तिक अगाडि भन्छन्–‘दर्शक हामी दुइलाई एकसाथ पर्दामा हेर्न आतुर हुनुहुन्छ । हामी, दर्शकलाई निराश बनाउने छैनौ ।’
दर्शकले चलचित्र रिलिज अगाडि नै सारा र आफ्नो जोडी बाँधिदिएको भन्दै कार्तिकले खुशी व्यक्त गरे । आर्यनले भने–‘म यो कुराबाट निकै नै खुशी छु र दर्शकलाई निराश बनाउने छैनँ ।’
साराअली खान र कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्रलाई इम्तियाज अलीले निर्देशन गरेका हुन् । यो चलचित्र प्रेम दिवसको अवसर पारेर रिलिज हुनेछ ।
प्रतिक्रिया 4