Comments Add Comment

पूजाको स्टाइल

नायिका पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को सार्वजनिक २ गीतलाई दर्शकले मन पराएपछि खुशी छिन् । यो बर्ष उनी अभिनित २ वटा चलचित्र रिलिज हुँदैछन् । ‘पोई पर्यो काले’ले दर्शक राम्रै तानेपछि खुशी देखिएकी पूजा फागुण २३ मा रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’बाट भने आशावादी छिन् ।

चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’लाई दर्शकले रुचाइसकेका छन् । यो बर्ष पूजाको व्यस्तता खुबै बढ्यो । ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र संझना विर्सना’ गरि उनले ४ वटा चलचित्रको छायांकन सकिन् । यसैले पनि पूजा केही समय आराम गर्ने मुडमा छिन् ।

सार्वजनिक कार्यक्रममा पुग्दा पूजाको पहिरन पनि आकर्षक देखिन्छ । पूजा आफूलाई सुहाउने र सहज लाग्ने पहिरन लगाउन आवश्यक रहेको बताउँछिन् । उनी, नेपाली चलचित्रमा महंगो पारिश्रमिक लिने नायिका समेत हुन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment