Comments Add Comment

‘राधे’पछि सलमानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’

नायक सलमान खानका चलचित्र हरेक बर्षको इदमा रिलिज हुन्छन् । बलिउडमा इद भन्ने वित्तिकै सलमानको हो भन्ने समेत भइसकेको छ । यो बर्ष पनि सलमानको नयाँ चलचित्र ‘राधे’ इदको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रमा सलमान एक्सन अवतारमा देखिदैछन् ।

सलमानको सन् २०१३ को इदमा मात्र चलचित्र रिलिज भएको थिएन । यो बाहेक उनी, हरेक बर्षको इदमा चलचित्र रिलिज गर्छन् । तर, विगत केही बर्षदेखि उनी अभिनित चलचित्रले इदमा राम्रो व्यापार गर्न सकिरहेका छैनन् ।

उनै, सलमानको सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ चलचित्र घोषणा गरिएको छ । उनको नयाँ चलचित्रको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको छ । सलमान खान र निर्माता साजिद नाडियाडवाले यो चलचित्रमा सहकार्य गर्न लागेका हुन् । यो चलचित्रलाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन् ।

चलचित्रको बिषयमा अरु केही पनि खुलाइएको छैन । साजिद र सलमानले मिलेर काम गरेको चलचित्र ‘किक’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो । साजिद र सलमान नयाँ चलचित्र ‘किक २’को तयारीमा लागेको भन्ने समाचार सार्वजनिक भैरहेको समयमा ‘कभी ईद कभी दिवाली’को घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment