Comments Add Comment

प्रदेश ३ को नाम र राजधानी चयन प्रक्रिया सुरु

२५ पुस, हेटौंडा । प्रदेश ३ को प्रदेशसभाले प्रदेशको राजधानी र नाम चयन प्रक्रिया सुरु गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गर्नसांसदहरुलाई आह्वान गरेका हुन् ।

शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रदेशसभा संसदीय दलको बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडामा राख्ने निर्णय गरेसँगै प्रदेशसभाले प्रस्ताव आह्वान गरेको हो ।

पुस २६ गते विहान ९ बजेदेखि ११ बजेभित्र प्रदेशको स्थायी राजधानी र नाम तोक्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूची–१ बंमोजिमको ढाँचामा संसद सचिवालयमा राजधानी र नाम प्रस्ताव दर्ता गर्न उनले आग्रह गरेका छन् ।

नाम प्रस्ताव गर्दा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेकोमध्येकै जिल्लालाई राजधानी प्रस्ताव गर्नुपर्नेछ । राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई राजधानीका लागि सिफारिस गरेको थियो ।

नेपालको संविधानको धार २८८ को उपधारा २ अनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतले राजधानी तोक्न सक्नेछ । प्रदेशसभामा एकसय १० सांसदमध्ये ८० जना नेकपाका छन्, जुन राजधानीको निर्णय गर्न पर्याप्त छ ।

प्रदेशसभाले पुस २७ गते मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी तोक्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment