Comments Add Comment

प्रदेश ३ को राजधानी धुलिखेल बनाउन विवेकशील पार्टीको प्रस्ताव

२६ पुस, हेटौंडा । विवेकशील पार्टीले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेको छ । उसले आफ्नो प्रस्ताव शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।

प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले बताए । सांसद पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक छन् । प्रदेश ३ मा विवेकशीलका तीन सांसद छन् ।

संसदमा प्रतिनिधित्व गरेका नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले भने शनिबारै राजधानी हेटौंडा र नाम वागमतीमा सहमती जनाएर संयुक्तरूपमा प्रस्ताव दर्ता गराएका छन् ।

यो पनि पढ्नुहोस प्रदेश ३ को नाममा ‘सर्वसम्मति’, राजधानीमा शंका !

प्रदेशको नाम र राजधानीबारे शनिबार दिउँसो एक बजेदेखि छलफल हुँदै छ । आइतबार मतदान हुने छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।

प्रदेशको नाम र राजधानी टुंगो लगाउनु पर्ने भएकाले शनिबार सार्वजनिक विदाको दिन पनि प्रदेश सभा र प्रदेश सभा सचिवालय खुल्लै छन् ।

बहुमत सदस्य रहेको नेकपाले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गर्दै सबै दलको समर्थन जुटाउन प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment