Comments Add Comment

पशुपतिमा पर्यटनमन्त्रीले हेरे सार्वजनिक शौचालयदेखि घाटसम्मको अवस्था

२६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले शनिबार पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । उनले पशुपति क्षेत्रभित्रका प्रायः सबै भागमा पुगेर त्यहाँको वस्तुस्थिति र व्यवस्थापनको अवस्थाबारे जानकारी लिए । शनिबार दिनभर उनले पुशपति क्षेत्रकै अवलोकनमा बिताएका हुन् ।

भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई १५ दिनभित्रै पार्किङ क्षेत्र व्यवस्थित गर्न र पसल राख्न अवैध रुपमा बनाइएका टहरा हटाउन निर्देशन दिएका छन् ।

उनले मूलमन्दिर, अन्य मन्दिरहरु, पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, प्रमुख बगैँचा, धर्मशाला, गौसाला, भेटी व्यवस्थापनको अवस्था, जुत्ताचप्पलको व्यवस्थापन, विदेशी पर्यटकको टिकट काट्ने काउन्टर, विशेष पुजाको व्यवस्थापनको अवस्था लगायतमा जानकारी लिए ।

उनले मन्दिरको सुरक्षा व्यवस्था, किरियायापुत्री भवन र सेवा सुविधा, लास जलाउने फर्नेस मेसिन, घाटमा दाउरा आपूर्तिको व्यवस्था, पसल-कबलहरुको अवस्था, सार्वजनिक शौचालयको अवस्था, फोहोरमैला व्यवस्थापन, धारापानी र विजुली बत्तीको व्यवस्था, घाटे वैद्यको उपचारस्थल, आरती व्यवस्थापन, कैलाश क्षेत्र, मृगस्थली, शेल्षमान्तक वन, पुस्तकालय, गौरीघाट, गुहेश्वरी मन्दिर लगायतको अवलोकनसहित जानकारी लिए ।

उनले पुुशपति आउने भक्तालु र पर्यटकलाई कुनै सास्ती नहुन गरी सबै प्रवन्धहरु मिलानउन निर्देशन दिए ।

त्यस्तै सम्पदाहरुको संरक्षण गर्न र सुरक्षा व्यवस्थालाई पनि चुस्त राख्न निर्देशन दिए । मागन्तेहरुको व्यवस्थापन गर्न र पशुपति क्षेत्रलाई सफा राख्न पनि कोषको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment