+
+
Shares

नेपाललाई आधुनिक बनाउने अभियानको नेतृत्व कांग्रेसले गरिरहेको छ : डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १२:००

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई आधुनिकतामा रूपान्तरण गर्ने अभियान कांग्रेसले सुरु गरेको र यो जारी रहेको बताएका छन् ।

पृथ्वीनारायण शाहको जन्मजयन्ती अवसरमा राजधानीमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले आधुनिक नेपाल बनाउने अभियानमा केही चुनौती देखिए पनि त्यसलाई चिरेर अघि बढ्ने बताए ।

फरक प्रसंगमा महतले कूटनैतिक हिसाबले सरकार असफल साबित भएको दाबी गरे । उनले सीमा अतिक्रमणतिर संकेत गर्दै भने, ‘यो सरकार जहाँ संवाद गर्नुपर्ने हो, त्यहाँ मौन बस्ने गरेको छ र जहाँ मौन बस्दा पनि हुन्छ, त्यहाँ बोल्ने गरेको छ ।’

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार  संविधानको उल्लंघन गर्न उद्यत रहेको आरोप उनले लगाए । संविधान मिच्दै स्वतन्त्रता खोस्ने काम गरिरहे नेपाली कांग्रेस र नेपाली जनताले त्यसको प्रतिकार गर्ने उनकाे चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?