+
+

लुम्बिनीमा शोक्यो विहार निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १२:०७

२७ पुस, रुपन्देही । बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा जापानको शोक्यो विहार निर्माण भएको छ । लुम्बिनी विकास कोषसँगको सहकार्यमा शोक्यो धार्मिक संघ जापानले मन्दिर निर्माण गरेको हो ।

जापानी नागरिक भिक्षु शोजन उमेहारा शोक्यो धार्मिक संघका संस्थापक एवम् विहारका निर्माणकर्ता हुन् ।

शोक्यो धार्मिक संघ जापानका लागि नेपाल निर्देशक टंक साउदका अनुसार ६२ रोपनी क्षेत्रफलमा फैलिएको विहार जापानी सँस्कृति, कला झल्किने गरी निर्माण गरिएको छ ।

विहारभित्र विशाल बुद्ध मूर्ति स्थापना गरिएको छ । विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् । विहारको गत शुक्रबार प्रतिनिधि सभा सदस्य भरत शाहले उदघाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?