Comments Add Comment

३ सय मिलियन डलरको खेलको कथामा ‘लप्पन छप्पन २’को टिजर

चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्र आउँदो बर्षको वैशाख १२ गतेबाट रिलिज हुँदैछ । चलचित्रको टिजरमा एक्सनलाई नै बढी स्थान दिइएको छ । चलचित्रका मुख्य कलाकारको गेटअप, एक्सनमा ठूलो क्यानभास देखिन्छ । ३ सय मिलियन डरलको चलखेलको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रको टिजरमा मुख्य कलाकारहरु शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, नविन मानन्ध्र, एन्जल श्रेष्ठ लगायतलाई देख्न सकिन्छ ।

खिलेन्द्रराज तिमिल्सिनाको प्रस्तुतिमा तयार भएको चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जित ओन्ताले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

चलचित्रको पटकथा तथा संवाद मुकुन्दको साथमा सुनिल न्यूरेको छ भने पुरुषोत्तम प्रधानको चलचित्रमा छायांकन छ । हिमाल केसीको एक्सन, मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको मेकिङ केही फरक रहेको अड्कल टिजरबाट लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment