+
+
Shares

सुटिङका क्रममा साहिद घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १२:२९

गतबर्ष चलचित्र ‘कविर सिंह’बाट बलिउडमा तारिफ कमाएका नायक साहिद कपुर यतिबेला नयाँ चलचित्र ‘जर्सी’को छायांकन गरिरहेका छन् । साहिद, चलचित्रको छायांकनका क्रममा घाइते भएका छन् ।
मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् ।

उनै, साहिद चलचित्रको छायांकन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् । विमानस्थलमा उनी पत्नी मिरा राजपुतको साथमा देखिएका थिए । तर, साहिदले आफ्नो मुख भने छोपेका थिए ।

भारतीय मिडियाका अनुसार, साहिदको क्रिकेट खेल्ने क्रममा ओठमा चोट लागेको हो । साहिदले अब ४–५ दिन आराम गर्नेछन् ।

यो चलचित्र अगष्ट २८ तारिखमा रिलिज हुनेछ । केही दिन आरामपछि साहिद फेरि चलचित्रको छायांकनमा फर्किनेछन् । साउथको हिट चलचित्र ‘जर्सी’को रिमेकको रुपमा यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?