Comments Add Comment

उपासनाको हिटपछिको मौनता

चलचित्रले राम्रो कमाई गर्नु कलाकारका लागि सुखद कुरा हो । किनकी, हिट चलचित्रले करिअरलाई अगाडि लैजान सहज बनाउँछ । आफूले राम्रो प्रतिक्रिया पाएको चलचित्रले व्यापार पनि राम्रो गर्यो भने अझै सुनमा सुगन्ध कुनै कलाकारका लागि हुन्छ नै ।

नायिका उपासना सिंह ठकुरीका लागि करिअरको छोटो समयमा नै यही भयो । पहिलो चलचित्र ‘क्याप्टेन’बाट राम्रो चर्चा बटुलेकी उनले दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’बाट उचाई प्राप्त गरिन् । बक्स अफिसमा आक्रामक कमाई गरेको चलचित्रबाट उपासनाको कामको पनि तारिफ भयो ।

उपासनाका लागि यो चलचित्र हिट हुँदा जुन खालको फाइदा भयो, यस्तो मौका कमै मात्र नायिकाले प्राप्त गर्छन् । यतिबेला, उपासना मौन छिन् । चलचित्रको रिलिजको समय बाहेक अन्य समय उपासना मिडियामा खासै देखिन्नन् ।

उपासनाको हिटपछिको मौनताले धेरै कुरा बोल्छ । किनकी, उनलाई अब नयाँ चलचित्र रोज्दा हरेक कोणबाट ध्यान दिन आवश्यक छ । किनकी, अब एउटा चलचित्र असफल हुँदा पनि उनलाई समस्या पर्न सक्छ ।

यसैले, उनले नयाँ चलचित्र साइन गरेकी छैनन् । बरु, साइन गर्नु अगाडि धेरै पटक सोचिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment