Comments Add Comment

जेफ बेजोस र साहरुख एउटै स्टेजमा देखिने

अनलाइन सपिङ अमेजनका संस्थापक जेफ बेजोस भारत भ्रमणमा आउने भएका छन् । जनवरी १५ बाट उनले ३ दिनसम्म भारत भ्रमण गर्नेछन् । सो समयमा उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच पनि भेटवार्ता हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तर, भारत भ्रमणका क्रममा जेफले बलिउडका चर्चित नायक साहरुख खानसँग पनि भेट गर्नेछन् । विश्वकै धनाढ्यको सूचीमा रहेका जेफले भारत भ्रमणका क्रममा आफ्नो व्यापार विस्तारका लागि भारतीय व्यापारीहरुसँग छलफल गर्नेछन् ।

जेफ ‘प्राइभ भिडियो’ नामक एक भव्य कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा उनी र नायक साहरुख खानविच लामो कुराकानी हुनेछ । यो च्याट शोमा साहरुख र जेसोफले बलिउड, व्यापारको बिषयमा कुरा गर्नेछन् ।

साहरुख र जेफले लामो च्याट गर्ने बताइएको छ । भारत आउने अधिकांश स्टार तथा व्यापारीले साहरुखसँग भेट गर्ने गर्छन् । साहरुख, विशेषगरि आफ्नो रमाइलो जवाफका कारण सधै चर्चामा छन् । ३ बर्ष अगाडि पनि हलिउड स्टार ब्राड पिट र साहरुखविच च्याट शो आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment