
२७ पुस, काठमाडौं । रसुवा प्रहरीले हत्याको आरोपमा गोसाईकुण्डबाट एक जनालाई पक्राउ गरेको छ ।
आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङबस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेको आरोपमा प्रहरिले सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई पक्राउ गरेको हो ।
आपसी विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि फरार रहेका तामाङलाई सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले सोही गाउँपालिकाको वडा नम्बर ५ स्याफ्रू बजारबाट आइतबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4