+
+

काठमाडौंमा पृथ्वीनारायण शाहको सम्झना

आर्यन धिमाल आर्यन धिमाल
२०७६ पुष २७ गते १६:२५

२७ पुस, काठमाडौं । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्झनामा आइतबार २९८ औं पृथ्वी जयन्ती मनाइएको छ । आइतबार सिंहदरबार पश्चिम गेट अगाडिको उनको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट रथयात्रासहित सुरु भएको र्‍याली नाचगानसहित पृथ्वी शालिकसम्म आइपुगेको थियो ।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले सार्वजनिक बिदा दिने गरे पनि २०६२÷६३ को जनआन्दोलनपछि विदा कटौती गरेको छ । तर गोरखाका ४ सहित देशका केही स्थानीय तहले आइतबार विदा दिएका छन् ।

नेपाली सेनाले पृथ्वीनरायण शाहको सम्झनामा गोरखाबाट सुरु गरेको पदयात्रा आइतबार सिंहदरबार अगाडि आएर समापन गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु    

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?