+
+
Shares

पुँजी बजारको स्थायित्व प्राथमिकतामाः नवनियुक्त अध्यक्ष ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १८:४७

२७ पुस, काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले पुँजी बजारको स्थायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । ढुंगानाले पुँजी बजार सुधार र विस्तार गर्ने तर्फ आफूले ध्यान दिने बताए ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी अवकास पाएका ढुंगानालाई केहि दिन अघिमात्रै सरकारले बोर्ड अध्यक्ष नियुक्त गरेको थियो । पुँजी बजार सुधारका लागि सबै पक्षले सहयोग गर्नु पर्ने समेत उनले बताए ।

नेपाल आर्थिक पत्रकारहरु संघ (नाफिज) को प्रतिनिधिहरुसँगको भेटामा भने, ‘पुँजी बजारमा सुधार गर्नु पर्ने धेरै विषयहरु छन्, यसका लागि सबैले सहयोग गर्नुपर्छ, त्यो सहयोग आर्थिक पत्रकारहरुबाट पनि होस भन्ने मैले चाहेको छु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?