Comments Add Comment

संसद् बन्यो गुटबन्दीको बन्धक, सत्तारूढ सांसद् नै असन्तुष्ट

२८ पुस, काठमाडौं । सभामुख चयन गर्न नेकपालाई परेको सकस र यसले पारेको असरमाथि आजका दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् ।

कान्तिपुरलले ‘संसद् बन्यो गुटबन्दीको बन्धक’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । जननिर्वाचित जनप्रतिनिधिहरूको एकमात्र वैधानिक थलो संसद् सत्तारूढ प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको गुटबन्धीबाट बन्धक बनेको कान्तिपुरको ठम्याइ छ ।

आवरणमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको भनी कारण देखाउन खोजिए पनि अन्तर्यमा दुई अध्यक्षबीचको शक्तिसंघर्षको छाया प्रतिनिधिसभामा प्रकट दाबी कान्तिपुर समाचारमा उल्लेख छ ।

सभामुखको रिक्तताले पटक पटक संसद् स्थगित हुँदा कानूनमा निर्माणमा अवरोध हुनुका साथै संसदीय समितिका कामहरू पनि प्रभावित भएका छन् ।

अन्नपूर्णले पनि नेकपाका कारण एक महिनादेखि संसद् बन्धक बनेको लेखेको छ । अन्नपूर्णका अनुसार झण्डै एक महिनादेखि स्थगित संसद्को बैठक सूचनाद्वारा एक साता पछि सारिएकोमा सत्तारूढ दलकै सांसद् रुष्ट छन् । नेकपा सांसद् विशाल भट्टराईले सांसदहरूले जनताको समस्या राख्ने थलो संसद् भए पनि बोल्न नपाएको गुनासो गरेका छन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेको खबर पनि अन्नपूर्णमा छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी हुन् ।

जुम्लास्थित चन्द्रनाथ गुठीको जग्गा व्यक्तिविशेषले अतिक्रमण गरेको समाचार अन्नपूर्णले छापेको छ । अन्नपूर्णका अनुसार चन्दननाथ गुठीको १ लाख ४ हजार वर्गमिटर जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दिरनजिक सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ । बाँकी करिब १ सय ८ रोपनी भने व्यक्तिका नाममा पुगेको छ ।

कान्तिपुरले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीबारे समाचार छापेको छ । समाचार अनुसार, अमेरिका, युरोपदेखि खाडी मुलुक जान प्रलोभनमा परे फस्नेमा पढेलेखेका धेरै छन् । रोचक त के छ भने यसरी ठग्ने व्यक्ति भनो कम पढेलेखेका छन् ।

मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको कान्तिपुर समाचारमा उल्लेख छ ।

राजधानीले सरकारी तथा निजी अस्पतालले रगतको मनोमानी रकम असुल्दै आएको लेखेको छ भने गोरखापत्रले चीनका बन्दरगाह नेपाललाई खुला गरिएकोलाई मुख्य समाचार बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment