Comments Add Comment

हलमा छैनन् नेपाली फिल्म, हिन्दीले दिएन राहत

काठमाण्डौ बाहिर बलिउड र हलिउड चलचित्रको व्यापार चर्को हुँदैन । काठमाण्डौमा जुन गतीमा विदेशी चलचित्रले व्यापार गर्छन्, काठमाण्डौ बाहिर यसको अनुपात कम हुन्छ । यसैले, काठमाण्डौ बाहिरका हल भरिनका लागि नेपाली चलचित्र नै चल्नुपर्छ ।

तर, विगत एक महिनादेखि नेपाली चलचित्र नै नहुनुले यतिबेला मोफसलका हलहरुमा झनै समस्या बढाइदिएको छ । चितवन, पोखरा, इटहरी, दमक, विर्तामोड जस्ता नेपाली चलचित्रका मुख्य बजार मानिने हलको अकुपेन्सी निकै नै दयनिय छ ।

राजधानीका हललाई पनि हिन्दी चलचित्रले सुखद व्यापार दिइरहेका छैनन् । नाम चलेका स्टार कलाकारले पनि गतिलो व्यापार हलमा गरेको पाइदैन । विगत एक महिनादेखि त हलमा हिन्दी चलचित्रकै दबदबा छ । तर, पनि ती चलचित्रबाट वितरक र हल संचालकले गतिलो व्यापार पाएका छैनन् ।

शुक्रबार र शनिबार ठिकठाकको व्यापार ती चलचित्रको भएपनि आइतबारबाट भने गती कमजोर बनेको छ । शुक्रबारदेखि रिलिज भएको बलिउड चलचित्र ‘छपाक र तानहाजी’ले बलिउडमा आक्रामक कमाई गरिरहेका छन् । तर, यी चलचित्रको व्यापार नेपालमा कमजोर देखियो ।

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ले भारतमा ठिकै व्यापार गर्यो । तर, नेपाली दर्शकलाई सलमान खानले खुशी बनाउन सकेनन् ।

भारतमा बम्पर व्यापार गरेका कमै मात्र चलचित्रले नेपालमा सुखद व्यापार गरेका छन् । यो अवस्थामा विगत केही महिनादेखि हल संचालकहरुलाई पनि समस्या परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment