+
+
Shares

‘मीमी’का लागि १५ केजी तौल बढाउँदै कृती

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १४:०८

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ ।

उनै, कृती अब नयाँ चलचित्र ‘मीमी’मा काम गर्दैछिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत पनि गरिरहेकी छिन् ।

यो चलचित्रका लागि कृतीले आफ्नो तौल १५ केजी बढाउँदै छिन् । चलचित्रको पर्दामा नायकहरुले तौल बढाएको खबर सार्वजनिक नभएका होइनन् । थुप्रै नायकले कथाकै माग अनुसार आफ्नो तौल बढाएका छन् ।

सरोगेसीको कथामा बन्न लागेको चलचित्रमा तौल बढाएपछि कृती कस्तो देखिने हुन्, यो भने उनका फ्यानका लागि कौतुहलताको बिषयमा रहनेछ । किनकी, कृती सेनन सधै नै फिट रहने नायिका हुन् । यसैले, पनि उनलाई तौल बढाउन सहज भने छैन ।

कृतीले भारतीय मिडियासँग भनिन्–‘तौल बढाउनु मेरा लागि आफैमा चुनौतीको बिषय हो । यो मेरो शरीरका लागि पनि नयाँ हो । मैले छोटो समयमा नै १५ केजी तौल बढाउनुपर्नेछ । तर, म यो परिवर्तनका लागि उत्साहित छु । यो भूमिका मेरो लागि निकै महत्वपूर्ण छ, यसैले पनि म यसका लागि हरेक कुरा गर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?