Comments Add Comment

बेनिशाले देखेको चम्किलो पाटो

नायिका बेनिशा हमालको सामाजिक संजाल हेर्ने हो भने उनी सकारात्मक कुरा बढी सोच्छिन् । सकारात्मक कुराले नै वेनिशालाई अगाडि बढाउन सहयोग गरेको छ । हाल प्रेममा रहेकी बेनिशा ठूलो पर्दाबाट भने टाढा छिन् । उनको हातमा अहिले चलचित्र छैन । यसैले पनि उनी फुर्सदिलो बनेकी हुन सक्छिन् ।

तर, आफूलाई फिट राख्न र सकारात्मक सोच्न भने बेनिशालाई कुनै कुराले छेकेको छैन । सामाजिक संजालमा बेनिशाले पोष्ट गरेको एक तस्वीरमा, उनले आफूले चम्किलो पाटो हेरिरहेको लेखेकी छिन् ।

बेनिशाको यो लेखाइले पनि के वुझिन्छ भने, उनी चलचित्र करिअरमा अझै सुखद पाटो देखिरहेकी छिन् । यो बेनिशाको आत्मविश्वास हो । चलचित्रमा काम गर्ने कलाकारलाई यो आत्मविश्वासले काम गरेन भने, समस्या पर्छ ।

यो बर्ष नै आयोजना भएको ‘राष्ट्रिय चलिचत्र पुरस्कार’मा पुरस्कृत भएकी बेनिशा यसपछि भने खाली बसिरहेकी छिन् । तर, उनको कुराले उनी अझै पनि चलचित्र यात्राको चम्किलो पाटोको प्रतिक्षामा रहेको अड्कल लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment