Comments Add Comment

‘अर्जुन रेड्डी’को नेपाली भर्सन बन्ने, युवा फिल्मस्ले लियो राइट्स

तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक नेपाली भर्सनमा बन्ने भएको छ । यूवा फिल्मस्ले यो चलचित्रको राइट्स खरिद गरेको हो । तेलुगु हिट चलचित्र युवा फिल्मस् मार्फत नेपाली भर्सनमा बन्ने जानकारी युवा फिल्मस्का केशव खड्का र आशिष श्रेष्ठले दिएका छन् ।

‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकारी खरिद विक्रीको संझौता गरेका हुन् ।

तुलुगु भाषामा बनेको यो चलचित्रले बक्स अफिसमा धमाका मच्चायो । यो चलचित्रको हिन्दी भर्सनको रुपमा ‘कविर सिंह’ बनेको थियो । जसले गतबर्ष भारतीय बक्स अफिसमा धुम मच्चायो ।

युवा फिल्मस्ले ओर्जिनल र हिन्दी भर्सन दुबै सफल भएकाले यसलाई नेपाली भर्सनमा ढाल्नु चुनौतीपूर्ण काम भएको बताएको छ । यो कम्पनीले केही नेपाली चलचित्रको अमेरिका वितरणको काम समेत गरिसकेको छ । निर्माणपक्षले चलचित्रको अन्य टिमको बिषयमा चाडै नै जानकारी गराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment