Comments Add Comment

सबिन राई एण्ड द फेरोहको ‘तिम्रो लागि’ टुबोर्ग ओपन सेसन्स् २ मा

२८ पुस, काठमाडौं । नेपालको ब्रायन एडम्स् भनेर चिनिने सबिन राई र उनको ब्याण्ड ‘द फेरोह’को ‘तिम्रो लागी’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतीहरु पेश गरिन्छ ।

उक्त डिजिटल प्ल्याटर्फमले विभिन्नप्रसिद्घ कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्फत पुराना र हालकालोकपि्रयगीतहरुलाई नयाँ शैलीमा प्रस्तुत गर्दछ । आफ्नो संगीतको बढवा गरी धेरै दर्शकहरु म्ााझ पुराउन चाहने कलाकारहरुका लागी टुबोर्ग मञ्च राम्रो माध्यम बनेको छ ।

सबिन राई निकै लोकपि्रय गायक तथा गीतकार हुन् जसलाई उनको उल्लेखनीय स्टेज प्रस्तुतीहरुको लागी चिनिन्छ । उनले सन् १९९२ माग्ाितार बजाउन सिक्नुका साथै आफ्नो पहिलो एल्बम् निकालेका थिए ।

दोस्रो एल्बम् ‘सतह’को रिलिज पछि नेपाली संगीत क्षेत्रमा उनको लोकपि्रयता व्यापक रुपमा बढ्यो । उनका केही गीतहरु रातारात हिट भएजसले उनलाई थप लोकपि्रयता दिलायो । ‘तिम्रो लागी’ सबिन राईको पि्रय गीतहरु मध्ये एक हो । टुबोर्ग ओपन सेसन्स् २ मा भोकल्स्मा सबिन, भोकल्स् तथा बेसमा जीवन लामा, ड्रम्स्मा बिनोद लामा तामाङ साथै गितारमा जोन श्रेष्ठ र निकेश केसीको साथमा उक्त गीतलाई थप बेजोड रुपमा प्रस्तुत गरिएको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा रोहित श्ााक्य र मनोज कुमार केसीले सबै २६ वटा गीतहरुमा निर्माताको रुपमा नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सँगै सहकार्य गरिरहेका छन् । सिजन २ ले नेपाली संगीतकारहरुस्ाँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रमजारी राख्नेछ ।

नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने पनि यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ डि्रम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जनालोकपि्रय कलाकारहरुले ५१ वटागीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन, युट्युबमा च्यानल आरबिट्ररी मार्फत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment