Comments Add Comment

स्ववियू चुनावबारे क्याम्पस प्रमुखहरुसँग छलफल

२८ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा सोमबार काठमाडौं उपत्यकाका क्याम्पसका प्रमुहरुसँग छलफल गरेको छ ।

पुस २२ गते त्रिवि कार्यकारी समितिले फागुन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेपछि त्रिविले सरोकारवालासँग छलफल गरेको हो ।

क्याम्पस प्रमुखहरुसँग निर्वाचन कार्यतालिका निर्माणका विषयमा छलफल भएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले जानकारी दिए । ‘आज क्याम्पस प्रमुखहरुसँग निर्वाचन कार्यतालिकाका विषयमा छलफल गर्‍यौं, विद्यार्थी भर्ना भएको कति दिनपछि मतदाता सूची प्रकाशित गर्ने भन्ने विषयमा छलफल गरेका हौं’ उनले भने ।

थापाले विद्यार्थीहरुसँग एक चरणको छलफलपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिए ।

त्रिविले मातहतका क्याम्पसहरुलाई भने स्ववियू निर्वाचनको पूर्वतयारी गर्न भनी पत्राचार गरिसकेको छ । काठमाडौं उपत्यकाका क्याम्पसहरुमा पत्र पुगिसकेको छ भने उपत्यकाबाहिरका क्याम्पसमा हुलाकबाट पठाइएको थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment