Comments Add Comment

माघे सङ्क्रान्तिले सामाजिक सद्भाव अभिवृद्धि गर्ने देउवाको विश्वास  

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति पर्वको पूर्वसन्ध्यामा मंगलबार एक शुभकामना सन्देश दिँदै देउवाले माघे सङ्क्रान्ति पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैमा प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

देउवाले भौगोलिक, जातीय र सांस्कृतिक विविधता युक्त मुलुकमा मनाइने माघे सङ्क्रान्ति पर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment