Comments Add Comment

कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२९ पुस, जनकपुरधाम । जनकपुरधाम–ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँस्थित सडक खण्डमा मंगलबार कलेज बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

जनकपुरस्थित मोडेल मल्टिपल कलेजको ज.१क २८२ नम्बरको बसले ज.१०प ३५२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट लक्ष्मीनियाँ ७ पर्सा पकडिया निवासी २५ वर्षीय सन्तोष ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका अनवर राईको भृत्यु भएको हो । दुबैको घट्नास्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।

कलेज बसेको ठक्करबाट दुई जनाको ज्यान गएपछि आक्रोशित भएका स्थानीयहरुले उक्त बसमा आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment